कोहलपुरमा बिस्फोट हुँदा एकजना गम्भीर

२६ कार्तिक २०७६, मंगलवार १६:३१
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुरमा मंगलवार दिउँसो बम विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै गोपाल पौडेलको घरमा बिस्फोट भएको हो ।
दिउँसो ३ बजे बम बिस्फोट हुँदा घरधनी पौडेल गम्भीर घाईते भएका छन् । बिस्फोटलगत्तै पौडेललाई उपचारकालागि कोहलपुर मेडिकल कलेज लगिएपनि उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज रिफर गरिएको छ ।
घरमा अरु कोही नभएकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । बिस्फोेटबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । के पड्किएको हो भन्ने बारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Next Post

प्रहरी चौकीमा बम प्रहार, एक प्रहरी घाइते

२६ कार्तिक २०७६, मंगलवार १६:३१
सदरलाइनडटकम, रौतहट : रौतहटको सिमावर्ती मठिया प्रहरी चौकी माथि बम प्रहार भएको छ । स्थानीय ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामा रहेको प्रहरी चौकीमा भारततर्फबाट आएका अपराधीक समुहले बम प्रहार गरेका हुन् । बि आर ०५८ ६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएका आपराधिक समुहले गरेको बम प्रहारबाट […]

सम्बन्धित