बाँकेमा पहिलो दिनको परीक्षा शान्तपूर्ण सम्पन्न

सदरलाइन संवाददाता १५ चैत्र २०८०, बिहीबार १५:०६
 

नेपालगञ्ज : बिद्यार्थी जीवनको फलामे ढोकाको रुपमा मानिएको एसईई परिक्षा बाँकेमा पहिलोदिन अंगे्रजी विषयको परीक्षा शान्तपूर्ण तरिकाले सम्पन्न भएको छ ।

बाँकेका ८ वटै पालिकाकामा तोकिएका विभिन्न ३४ वटा परीक्षा केन्द्रबाट ४ हजार ५ सय ३० छात्रा र ४ हजार ७ सय ६३ छात्रसहित ९ हजार २ सय ९३ जना सहभागि भएका छन । पहिलो दिन विभिन्न केन्द्रबाट ५४ जना परीक्षार्थी अनुपस्थित रहेका छन् ।


बाँकेमा १० जना फरक क्षमताका परीक्षार्थीले विभिन्न केन्द्रमार्फत आप्ना सहयोगीको साथमा परीक्षा दिन सहभागि भएका छन् । परीक्षाको पहिलो दिन गणेश मावि ढकेरी केन्द्रमा परीक्षा दिन आएकी एक छात्रा परीक्षा हलमै बेहोस भएकी र उनलाई उपचारको लागि अस्पताल पठाईएको शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।

उनले जिल्लामा पहिलो दिन सञ्चालन भएको अंग्रेजी विषयको परीक्षा शान्तपूर्ण तरिकाले सम्पन्न भएको बताउदै परिक्षालाई मर्यादिात बनाउनको लागि परीक्षा केन्द्रमा मोबाईल फोन निषेध गर्नुको साथै केन्द्राध्यक्ष बाहेक अन्यलाई मोबाईल फोन निषेध गरिएको बताए । ‘पहिलो दिनको परीक्षामा कुनै अवाञ्छित क्रियाकलाप नभको र शान्तपूर्ण बतावरणमा परीक्षा सम्पन्न भएको छ’– उनले भने ।

उनले परीक्षालाई मर्यादित बनाउनको लागि शिक्षाबाट मात्र नभई जिल्ला प्रशासान, स्थानीय तह, शिक्षक विद्यार्थीको प्रतिनिधि सञ्चारकर्मीलगायतले अनुगमन गरेको बताए । उनले भने–‘ परीक्षालाई मर्यादित बनाउनको लागि केही परीक्षा केन्द्रमा सिसिटिभीको व्यवस्था गरिएको र केन्द्राध्यक्ष बाहेक अन्यलाई मोबाईल लैजान निधेष गरिएको छ ।’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला, बालबालिका मन्त्री र फिनल्याण्डका राजदूतविच शिष्टाचार भेट

१५ चैत्र २०८०, बिहीबार १५:०६
काठमाडौं : महिला, बालबालिका मन्त्री भगबती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काको बीचमा शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देशविचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् […]