यूनाईटेड एकेडेमी र गोरखा यूनाईटेड बिजयी

१० मंसिर २०७३, शुक्रबार १२:१६
 

सदरलाइनडटकमw1
१० मंसिर, नेपालगन्ज : नेपालगन्जमा जारी बैशाली साईकल कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेटमा यूनाईटेड एकेडेमी र गोरखा यूनाईटेड बिजयी भएका छन ।  शुक्रबार विहान भएको पहिलो खेलमा यूनाईटेडले भेरी क्लवलाई ८२ रनले पराजित गर्न सफल भयो । पहिलो ब्याटिङ गर्न मैदानमा ओर्लिएको युनाईटेडले १५ ओभरमा ५ विकेट गुमाई १ सय ५५ रन बनाएको थियो । जसमा म्यान अफ दी म्याच सुनील भण्डारीले अर्धशतकिय पारी खेल्दै ६३ र विपुल शर्माले ४६ रनको योगदान दिएका थिए । सो खेलमा भेरीका नरेन्द्र खड्का र रिसव कुँवरले १/१ विकेट लिएका थिए ।
१ सय ५६ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको भेरी १० दशमलव ४ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाई ७३ रन मात्र बनाएपछि हार स्वीकार्न बाध्य भयो । भेरीको तर्फबाट विकास रोकाय र सुलभ श्रेष्ठले समान १७÷१७ रनमै सिमित भए । भने यूनाईटेडका अनिमेश शाहीले ४ विकेट लिए ।
त्यस्तै सम्पन्न दोश्रो खेलमा गोरखा यूनाईटेडले बागेश्वरी एकेडेमीलाई ७ विकेटले पराजित गर्न सफल भयो । टास जिति पहिलो ब्याटिङ रोजेको बागेश्वरीले १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाई ८६ रन बनाएको खेलमा जीवन मल्लको ३२ र सागर पौडेलको १३ रनको योगदान रहेको थियो । गोरखाका म्यान अफ दी म्याच रवि गौतम र विप्लव भुजेलले क्रमस ३/३ विकेट लिन सफल भए ।
८७ रनको लक्ष्य लिएर मैदानमा खेल्न आएको गोरखाले ११ दशमलव १ ओभरमा केवल आफ्नो ३ विकेट गुमाई उक्त लक्ष्य हासिल गर्यो । गोरखाका दिवाकर अधिकारीले २९ तथा पवन शाहीले २० रन बनाए । बागेश्वरीका दिपेन्द्र रावत र रोहित धमलाले १/१ विकेट लिएका थिए ।
शनिबार हुने पहिलो खेल विहान ८ बजे होलील्याण्ड उच्च मावि विरुद्ध आईडियल पब्लिक स्कुल र दोस्रो खेल दिउँसो १ बजे एबीसी रेसिडेन्टल स्कुल विरुद्ध ब्राईट स्टार बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
रोयल क्लब नेपालगंजको आयोजना तथा बिशाली साईकलको प्रायोजनमा १० दिन सम्म संचालन हुने प्रतियोगिता नकआउट प्रणालीमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधी जित्ने टीमलाई नगद १० हजार र उपबिजेतालाई ५ हजार रुपिया प्रदान गरिेने आयोजक समितिका सचिव जमील अन्सारीले जानकारी दिए ।


15218481_10206506103846034_407307494_n-1 15204135_10206506104366047_2041839550_o 15218338_10206506104286045_1531936865_n q

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

र्यालीसहित सुरु भयो १६ दिने महिला हिंसा बिरुद्धको अभियान (फोटो कथा सहित )

१० मंसिर २०७३, शुक्रबार १२:१६
      सदरलाइनडटकम १० मंसिर, नेपालगन्ज : घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज भन्ने मुल नाराका साथ १६ दिने महिला हिंसा विरुद्धको अभियानको बाँकेमा सुरुवात गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकप्रसाद राइले जिल्ला प्रहरी कार्यालयमा आाउने अधिकांश हिंसाका घटना घरेलु हिंसा […]

सम्बन्धित