ठेकेदार बेपत्ता भएपछि स्थानीयद्वारा आन्दोलन

सदरलाइन संवाददाता १ चैत्र २०८०, बिहीबार १७:३५
 

खजुरा (बाँके) : बाँकेको खजुरा स्थिति गौघाट परसपुर सडक बेवारिसे छाडेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले आन्दोलन थालेका छन् । सडक सम्पन्न गर्ने म्याद ६ महिना बाँकी रहँदा १२ प्रतिशतमात्र काम गरेर ठेकेदार कम्पनी बेपत्ता भएपछि स्थानीयले आन्दोलन थालेका हुन् ।

स्थानीयले बिहीवार दिनभरीनै नेपालगञ्जको परसपुर गौघाट सडक बन्द गर्दै वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले सो सडक खण्डको रिमझिम चोक र त्य आसपासमा चक्काजाम गर्दै सवारी आवागमन थप्प पारेका छन् भने जनप्रतिनिधिबाट ठोस पहल नभएको भन्दै खजुरा गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा पनि ताला लगाइदिएका छन् ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले ठेक्का सम्झौता सकिन ६ महिना बाँकी रहँदा १२ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाएका छन् । उनले ठेकेदारलाई कारबाहीका लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।

संघीय सरकारको बजेटमा निर्माण हुन लागेको परसपुरदेखि गौघाटसम्म १० किलोमिटर सडक निर्माणको लागि कन्काई–गणपति जेभिले १३ करोड ४३ लाख २४ हजार ५९१ रुपियाँमा ठेक्का पाएको थियो ।


परसपुर–गौघाट सडक खण्डको अवस्था ध्वस्त भएका कारण दैनिक रुपमा बाँके र बर्दियाका जनताले दुःख पाउँदै आएका छन् । सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने गरि सम्झौता भएको थियो । तर कन्काई–गणपति जेभिले भने सम्झौता भएको १६ महिनापछि मात्रै काम शुरु गरेको थियो । १६ महिनापछि १२ प्रतिशत काम गरेर बेपत्ता भएको ठेकेदारका बिरुद्ध स्थानीय आन्दोलित भएका हुन् ।

स्थानीयले गरेको आन्दोलन जायज रहेको खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनराम ओलीले बताए । उनले स्थानीय आन्दोलित हुनु अघि नै स्थानीय सरकारले सडक डिभिजन देखि प्रधानमन्त्री कार्यालय सम्म सडकका विषयमा पत्राचार गरिसकेको जनाउँदै वडा कार्यालयमा ताला लगाएर भने समाधान ननिस्कने बताए । ‘स्थानीयले सास्ती खेपिरहेको सत्य हो, स्थानीयको आन्दोलनमा पालिका संगसँगै छ, तर आन्दोलन कस्का विरुद्ध गर्ने भन्ने कुरा भने तय हुन जरुरी छ ।’ उनले भने ।

कारवाहीको वातावरणकै लागि डिभिजन सडकले सार्वजनिक सूचना नै गरेर काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन गरिसकेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जयेन्दु बालसुधार गृह बाँकेमा बिद्यालय संचालनको लागि नेपालगञ्ज उच्च अदालतको परमादेश

१ चैत्र २०८०, बिहीबार १७:३५
नेपालगञ्ज : बाँकेमा सञ्चालनमा रहेको जयेन्दु बालसुधार गृहमा आश्रीत बालविज्याईकर्ताको पढ्न पाउने अधिकार सुनिश्चित भएको छ । नेपालगञ्ज उच्च अदालतले विद्यालय संचालन स्वीकृती एवं अनुमति दिन परमादेश जारी गरेपछि सुनिश्चित भएको हो । उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले जयेन्दु बालसुधार गृह बाँकेमा विद्यालय संचालन स्वीकृती एवं अनुमति दिन डुडुवा गाउँपालिका […]