बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका पुरूष मृत फेला

सदरलाइन संवाददाता २४ बैशाख २०७९, शनिबार १४:५७
 

बर्दिया : बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान १० बजे मधुवन नगरपालिका-३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

प्रहरीका अनुसार गेरूवा गत बिहीबार अपराह्न ४ बजे कर्णली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।  बेपत्ता भएको खबरपछि प्रहरी चौकी कोठियाघाटबाट टोली खटिएको थियो। टोलीले डुंगा र अरू माध्यमबाट खोज्दा पनि फेला परेको थिएन।

त्यसपछि नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीयको टोलीले खोज्दा शनिबार शव फेला परेको हो। शव डुबकै स्थानमा फेला परेको सापकोटाले बताए।

Leave a Reply

Your email address will not be published.

Next Post

जनताका मागलाई पहिलो प्राथमिकता दिनेछु : प्रशान्त बिष्ट

२४ बैशाख २०७९, शनिबार १४:५७
नेपालगञ्ज : गठबन्धनका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त बिष्टले आफ्नो जनताको माग नै पहिलो प्रँथामिकता हुने बताएका छन । शनिबार विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धक्बोजी क्षेत्रका मतदाताहरु संग भेटघाटका अवसरमा उम्मेदवार बिष्टले सो कुरा बताएका हुन । उनले आफुलाई मतदाताहरुले आर्शिबाद सहित उत्साह थपिदिएको […]