चितवन पहिरो अपडेट : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

सदरलाइन संवाददाता २९ असार २०८१, शुक्रबार १८:०३
 

चितवन :  पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न नसकिएपछि खोजतलासको लागि गोताखोरको टोली परिचालन गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । दुबै बसमा ६५ जना सवार रहेको बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलमा पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए ।


त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए ।

आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वमन्ंत्री अहिरद्वारा आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणको अवलोकन

२९ असार २०८१, शुक्रबार १८:०३
नेपालगञ्ज :  बाँके क्षेत्रनं. २ क बाट निर्वाचित भण्डारीलाल अहिर (यादव) ले लुम्विनी प्रदेश सरकारको बजेटबाट भएका योजनाको अनुगमन गरेका छन् । लुम्विनी प्रदेशका निवर्तमान कृषि तथा भूमि ब्यवस्था मन्त्री समेत रहि सकेका उनले आर्थिक वर्ष ०८०÷८१ मा संचालन भएका योजनाको अवस्थाको जानकारी लिन अनुगमन गरेका हुन् । उनलको क्षेत्रमा […]