ट्रकको ठक्करबाट कोहलपुरमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १ चैत्र २०८०, बिहीबार १३:३१
 

नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडक खण्ड अन्तर्गत कोहलपुर ८ राम नगर नजिकै ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका वडा नम्बर १३ सीमरी बस्ने वर्ष ६० को रामदिन थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट डोल्पा जाँदै गरेको चामल बोकेको मालबाहक भे १ ख ४१४६ नम्बरको ट्रकले ठक्कर दिँदा रामदिन थारु गम्भीर घाइते भएका थिए ।


घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रानीतलाउको सेवा सुविधा विस्तार गरिँदै

१ चैत्र २०८०, बिहीबार १३:३१
नेपालगञ्ज : आन्तरिक पर्यटकको बसिबियाँलो र रमाइलो गर्ने थलो नेपालगञ्जस्थित रानीतलाउ उद्यानको थप पूर्वाधार निर्माण र सेवा सुविधा विस्तारको कार्य प्रारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय बाँकेले रकम विनियोजन गरी निमार्णको काम शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा उक्त उद्यानको भौतिक पूर्वाधार निर्माण र सेवा […]