सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज नगर विकास समितिमा नेतृत्व फेरीएको छ । समितिको अध्यक्षको रुपमा नगर प्रमुख डा. धवल शम्शेर राणाले शुक्रबार पदभार ग्रहण गरेका छन् । यसअघि नगर विकास समितिमा राजनीतिक नियुक्ति हुने व्यवस्था रहेको थियो ।
शुक्रबार नै समितिको पहिलो बैठक सम्पन्न भएको नगर विकास समितिका सदस्य तथा नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले जानकारी दिए । उनले नव गठित समितिमा समितिमा नेपालगञ्ज उप–महानगरपालिकाबाट मेयर राणा अध्यक्ष र उपमेयर उमा थापा, प्रबक्ता रिजाल र वडा नम्बर १८ का अध्यक्ष दिपक वर्मा सदस्य चयन भएका छन ।
यसैगरी जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्ती, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्याल, नापी कार्यालयका प्रमुख पूर्णप्रसाद पाण्डे, समाजसेवी ओमप्रकाश श्रीबास्तब र सदस्य सचिवमा नेपालगञ्जका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल रहेकोको प्रवक्ता रिजालले जानकारी दिए ।