निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२१ फाल्गुन २०७६, बुधबार १८:४२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीमा छाला सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाका नागरिकहरुमा छाला सम्बन्धी देखिएका समस्या पहिचान, समाधान तथा उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा करीब २ सय नागरिकको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा बरिष्ठ छाला रोग विशेषज्ञ डा. आर के झा लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनले शिविरमा कुष्ठरोगीको समेत खोजी गरिए पनि विरामी नभेटिएको बताए ।
गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले उद्घाटन गरेको शिविरमा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले ग्रामीणस्तरमा आयोजना हुने स्वास्थ्य शिविरले लुकेका रोगको पहिचान तथा नागरिकस्तरमा सचेतना अभिबृद्धि गर्ने बताएका थिए ।

Next Post

छैठौ प्रधानमन्त्री कप महिला भलिबलको उपाधि नेपाल प्रहरीलाई

२१ फाल्गुन २०७६, बुधबार १८:४२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा जारी छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी विभागिए टिम नेपाल प्रहरीको पुलिस क्लवले अर्को विभागिय टिम सशस्त्र प्रहरीको एपिएफलाई पाखा लगाउदै चुमेको छ । बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनल खेलमा एपिएफलाई २५–१६, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधीमा कब्जा जमाएको हो । […]