कर्मचारी कुट्नेलाई कारबाही नगरिएको भन्दै ध्यानाकर्षण

सदरलाइन संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १४:११
 

नेपालगञ्ज : कर्मचारीमाथि कुटपिट गर्नेलाई प्रहरी प्रशासनले कार्वाही गर्न तदारुकता नदेखाएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् । दोषीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दर्ता गरिएकोमा हालसम्म पनि कुनै कारबाही नभएको भन्दै कर्मचारीहरुले विज्ञप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।

फाल्गुन २१ गते दिउँसो उपमहानगरपालिकामा कार्यरत कार्यालय सहयोगी राजिवराज नेपाली कार्यालयले जारी गरेको पत्र बुझाउन वडा नम्बर २० मा गएको बेला सो वडामा बसोबास गर्ने महबुब नाउँले कुटपिट गरी घाइते बनाएका थिए । कर्मचारीहरुले उक्त निन्दनीय कार्यको घोर भत्र्सना गरेका छन् ।


“कार्यालय समयमा कामकाजमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि भएको सो घटनाले कर्मचारीहरुको मनोवल खस्किनुका साथै इज्जत मान प्रतिष्ठामा समेत गम्भीर आघात पर्न गएको छ । यस प्रकारको क्रियाकलापले कर्मचारीहरुलाई जुनसुकै क्षेत्रमा खटिएर काम गर्न भय एवं त्रास उत्पन्न भई कार्य सम्पादनमा गम्भीर समस्या आउने निश्चित छ,“ विज्ञप्तीमा भनिएको छ–“तसर्थ दोषी उपर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारवाहीको माग गर्दछौं ।“

कर्मचारीहरुले दोषीमाथि यथाशिघ्र कानुनी कारवाहीको प्रक्रिया अगाडि नबढेमा चरणबद्व विरोधका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको जानकीमा लुटेराको आक्रमणबाट एकजनाको मृत्यु

२४ फाल्गुन २०८०, बिहीबार १४:११
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समुहको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बुधवार राती आएका ५–७ जनाको समुहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा उनीहरुको चिर्पट प्रहारबाट जानकी ३ रुद्रपुर नयाँबस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको हो । चिर्पट दाउराको प्रहारबाट गम्भीर घाइते भएका थारुको उपचारका क्रममा मृत्यु […]