‘ज्याकी आई एम ट्वान्टिवान’ फरक रहेको निर्माण पक्षको दाबी

सदरलाइन संवाददाता ११ बैशाख २०८०, सोमबार १४:५५
 

नेपालगञ्ज : आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे ‘ज्याकी–आई एम ट्वान्टिवान’ विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । ‘ज्याकी आई–एम ट्वान्टिवान’को प्रचारप्रसारका क्रममा नेपालगञ्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई उक्त चलचित्रको माध्यमबाट नयाँ कथा प्रस्तुत गर्न खोजिएको जनाएको हो ।

मोफसलको यात्रामा काठमाडौंबाट बुटवल हुँदै नेपालगञ्ज आइपुगेको टोलीले बाँकेका पत्रकारहरुसँग साक्षात्कार गर्दै ‘ज्याकी आई एम ट्वान्टिवान’मा युवाहरुलाई आफ्नो उद्देश्य प्राप्त गर्न गर्नुपर्ने संघर्षप्रति प्रेरित गर्ने चलचित्रका अभिनेता धिरज मगरले बताए । उनले ‘ज्याकी–आई एम ट्वान्टिवान’को माध्यमबाट नेपालमा पहिलोपटक ‘हिप्पप डान्स’को कथालाई समेटिएको बताए ।

त्यस्तै साक्षात्कारमा अभिनेत्री जसिता गुरुङले युवाहरुको ढुकढुकीलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले समेटेको बताइन् । नेपाली दर्शकको फरक कथाप्रतिको चाहलाई ‘ज्याकी – आई एम ट्वान्टिवान’ले पूरा गर्ने विश्वास आफूले लिएको उनले बताइन् ।


कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विजय सुवेदी आवाजले नयाँ कथामा बनेको ‘ज्याकी – आई एम ट्वान्टिवान’ले राम्रै ब्यापार गर्ने बताए । साथै उनले ‘डान्स’मात्रै नभएर युवा र उनीहरुको व्यथालाई चलचित्रमा समेटिएको बताए ।

उक्त साक्षात्कार कार्यक्रमको समन्वय तथा व्यवस्थापन चलचित्र पत्रकार संघ नेपाल बाँके शाखले गरेको थियो ।

अब ‘ज्याकी आई एम ट्वान्टिवान’को टोली प्रचारप्रसारका लागि पूर्वका सहरहरुमा जाने चलचित्र टिमले जनाएको छ । कोरोनापछि मोफसलमा नेपाली चलचित्रले राम्रो ब्यापार गर्दै आएकोे हुँनाले चलचित्र निर्माताहरुको आकर्षण मोफसलमा बढ््दै गएको साक्षात्कारमा जनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशस्तरीय सञ्चार समन्वय परिषद् गठन

११ बैशाख २०८०, सोमबार १४:५५
नेपालगञ्ज : लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद् गठन गरिएको छ । यमबहादुर गाहाको अध्यक्षतामा ६ सदस्यीय परिषद गठन गरिएको हो । परिषद्को सदस्यहरुमा रुद्रप्रसाद सुवेदी, सरला सुवेदी, पार्वती पाण्डे कपिलवस्तु, पुष्पा खनाल सम्झना रुपन्देही र दाङका वसन्त आचार्य रहेका छन् । ४ वर्षीय कार्यकाल रहने उक्त परिषद्को मनोनयन पत्रमा निमित्त […]