बाँकेको जानकीमा लुटेराको आक्रमणबाट एकजनाको मृत्यु

सदरलाइन संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १४:१६
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समुहको आक्रमणबाट एकजनाको ज्यान गएको छ । बुधवार राती आएका ५–७ जनाको समुहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा उनीहरुको चिर्पट प्रहारबाट जानकी ३ रुद्रपुर नयाँबस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको हो ।

चिर्पट दाउराको प्रहारबाट गम्भीर घाइते भएका थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यराती साढे १२ बजेको समयमा कठरियाको घरमा जबरजस्ती प्रवेश गर्न खोजेका समुहको प्रतिकार गर्दा अज्ञात समुहले उनीमाथि चिर्पट दाउराले प्रहार गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्ष सुवास चन्द्र बोहराले बताए । लुटपाटकै उद्देश्यले आएको अनुमान गरिएको सो समुहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजबंशी थारु पनि घाइते भएकी उनले बताए ।


अज्ञात समुहबाट आक्रमण भएको जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालन गरिएको र घाइतेको उद्धारसहित खोजी अभियान थालिएको एसपी बोहराले बताए । लुटेराहरुले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खजुरारोडबाट भित्रि सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समह आएको अनुमान गरिएको छ । घटना भएको स्थान नेपालगञ्ज उपमहानगरसँग जोडिएको सिमाना क्षेत्रमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महेन्द्र बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा

२४ फाल्गुन २०८०, बिहीबार १४:१६
नेपालगञ्ज : आफ्ना मागहरु पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुखको कुर्सी स्ववियुले रुखमा झुण्ड्याइदिएको छ । माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पसका स्वबियु अध्यक्ष माधव खत्रीको नेतृत्वमा बिहीबार क्याम्पस प्रमुख लालमणि आचार्यको कुर्सी रुखमा झुण्ड्याइदिएको हो । क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधान गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनसमक्ष […]