माईती नेपालद्वारा छात्राहरुलाई साइकल बितरण

१४ मंसिर २०७३, मंगलवार १३:०९
 

सन्दर्भ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

सदरलाइनडटकम,    unnamed-5   
१४ मंसिर, नेपालगन्ज : माईती नेपाल नेपालगन्जले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर बाँके र बर्दियाका छात्राको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले अधिकारका लागि साईकल कार्यक्रम परियोजना सञ्चालनमा ल्याएको छ । सो परियोजना अन्तरगत मंगलबार बाँकेको सरस्वति उमावि नेपालगन्जमा अध्ययनरत छात्राहरुलाई साइकल बितरण गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले एक समारोहका बीचमा सो उमाविमा अध्ययनरत २० छात्राहरुलाई साइकल वितरण गरेका थिए । उनले माईती नेपालले छात्राको पहुँच शिक्षामा पु¥याउने उद्देश्यले विद्यालय आउन असहज भएका छात्राको छनौट गरी साईकल वितरण गरेको बताउदै साइकल पाएका वालिकाहरुलाई पढाइ विचैमा नछोडन र साइकल सहयोग पाएको उपलव्धि समेत भबिश्यमा देखाउन आग्रह गरे ।
उनले भने–‘छात्राहरुले शिक्षा हासील गरि सशक्तिकरण भई अधिकारका लागि समेत अगाडि बड्नको लागि यो सहयोगले प्रेरणा दिने विश्वास लिएको छु ।’ उनले अभिभावकलाई संघ सस्थाले समेत सहयोग गरेको अवस्थामा आपm्ना छोरीहरुलाई पढाई अगाडि बढाउन समेत आग्रह गरे ।

unnamed-1
कार्यक्रममा साहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले केही स्थानमा जनचेतनाको कमिका कारण पढाइलाई भन्दा पनि घरको कामकाजलाई वढि महत्व दिने गरेकोले वालिकाहरु विचमै पढाइ छोडनु पर्ने बाध्यता आइपरेको बताउदै साइकल पाएपछि विच मै पढाइ छोडने परिपाटिमा रोकिने कुरामा आफु ढुक्क भएको बताए । उनले आगामि दिनमा पनि जिल्ला शिक्षा कार्यालयसंग सहकार्य समन्वय गर्दै अगाडि वढने विश्वास दिलाए ।

unnamed-2
माईती नेपालका सयोजक केशव कोइरालाले साइकल वितरण गर्नुको उदेश्य यसको छनौट प्रकृया लगायतका विषयमा प्रकास पारेका थिए । उनले हाम्रो आवाज चेलिवेटि वेचविखन मुक्त समाज भन्ने मुल नाराका साथ अधिकारका लागि साइकल कार्यक्रम अन्तर्गत बाँके र बर्दियाका केही विद्यालय छनौट भएको बताउदै शिक्षा सशक्तिकरण र अधिकारका लागि माध्यामिक विद्यालयका छात्राहरुका लागि साइकल वितरण कार्यक्रम राखिएको बताए ।

unnamed
साईकल पाउने २० जना छात्राहरु अति विपन्न, विशेष गरी विद्यालय आउदा समयमै आइ नपुग्ने, विद्यालयदेखि घर टाढा , छिमेकी देश भारतसँग जोडिएका गाउमा वसोवास गर्ने र पढाइ विचमा नै छोडेर वालविवाह वढि हुने क्षेत्रको पहिचान गरी साइकल वितरण गरीएको माईती नेपालले जनाएको छ ।


unnamed-2
साइकल प्राप्त गरेकी विद्यार्थी प्रिता बर्माले भनिन–‘ अब पढाईका लागि आउन जान सहज भएको र हौसला समेत मिलेको छ ।’ उनले छोरीहरुको शिक्षाका लागि अधिकारको वारेमा परिवार र समाज समेतमा जानकारी गराउने बताईन । यसैगरी एकता तमोलीले आर्थिक अभावका कारण शिक्षाबाट बन्चित हुनु पर्ने अवस्था आएकोमा माईती नेपालको सहयोगले पढन पाएको भबिश्यमा केहि गरेर देखाउने बताईन भने अभिभावक मध्यबाट जगदिश बर्माले साइकलले गर्दा आप्mनो नातिनिलाई स्कुल आउन जान सजिलो भई पढाईमा समेत सहयोग हुने धारणा राखे ।

unnamed-2
कार्यक्रमका सहभागिहरुले शिक्षा र जनचेतनाको कमिबाट हुने वालिका हिंसा र महिला हिंसालाई अन्त्य गर्नका लागि शिक्षाको महत्वपुर्ण भुमिका हुने हुँदा पढाइलाई विचमै नछोडन आग्रह गरेका थिए । कार्यक्रममा महिला बिकास अधिकृत सुनिता के सी, अभियान नेपालकी अध्यक्ष कमला पन्त, पत्रकार निरज गौतम, अभिभावक, विद्यार्थी समेतको उपस्थिति रहेको थियो भने कार्यक्रम विद्यालयका प्रार्चाय सुरेशकुमार प्रसैलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

unnamed-3

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भर्सेज पेशावर

१४ मंसिर २०७३, मंगलवार १३:०९
पेशावर । पाकिस्तान नाम सुनेकाहरुका लागि यो नाम पनि नौलो नहोला । हुन पनि पाकिस्तानको पहिचानमा पेशावरको बिशिष्ट योगदान छ । अझ रोचक, मलाई यो शहर ठ्याक्कै नेपालगन्ज जस्तै लाग्छ । शहरको आफ्नो गन्ध हुन्छ । नेपालगन्जको र पेशावरको गन्ध मिल्छ । त्यसैले मलाई पेशावर पनि रमाइलो लाग्छ । नेपालगन्जको […]