नेपालगञ्जको आइसिपी सञ्चालनबारे अन्योलता कायमै

सदरलाइन संवाददाता १९ फाल्गुन २०८०, शनिबार १७:१६
 

नेपालगञ्ज : नेपालगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालनमा अन्योलता कायमै रहेको छ । उदघाटनको नौ महिना पुगिसक्दा समेत आइसिपी सञ्चालनमा आउन सकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जेठ ०८० मा भारतको दिल्लीबाट संयुक्त रूपमा उदघाटन गरेको आइसिपी अझै सञ्चालनमा आउन सकेको छैन । उदघाटनका वेला दुई देशका मालवाहक गाडी वारपार गराइयो ।

दुई देशका प्रधानमन्त्रीले संयुक्तरूपमा उदघाटन गरेपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रम गरेर आइसिपी छिट्टै नियमित सञ्चालन गर्ने उदघोषसमेत गरे ।


आइसिपी सञ्चालनमा आउने भएपछि उद्योगी व्यवसायी मात्र नभई सर्वसाधारणले समेत खुशियाली मनाए । तर, उदघाटन भएको नौ महिना वित्दासमेत सञ्चालन अनिश्चित भएको छ ।

आइसिपी सञ्चालन कहिलेदेखि हुन्छ भन्ने निश्चित नभएको भवन डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख विजयकेशर खनालले बताए । उनले आइसिपीभित्र निर्माण भएका भौतिक संरचना हस्तान्तरणको कामसमेत हुन नसकेको बताए । आइसिपी नेपालगञ्ज र भारतको रुपईडिहास्थित सीमामा अवस्थित छ ।

नेपालतिर ८७ बिघामा फैलिएको आइसीपीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल तथा गुणस्तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका लागि पूर्वाधार निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको पुरैनीमा रक्तदानमा ३७ पिन्ट रगत संकलन

१९ फाल्गुन २०८०, शनिबार १७:१६
नेपालगञ्ज : रगतको अभाव नहोस् भन्ने उद्देश्यले बाँकेको पुरैनीमा रक्तदान गरिएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ एकता युवा क्लब बाँकेको आयोजना, नेपालगञ्ज उप–महानगरपालिका वडा नं. २२ वडा कार्यालय पुरैनी, द रोयल फिटनेश जोन, शर्मिला अल्मुनियम सप्लायर्स र एस. के. डेरी उद्योगको सह–आयोजनमा शनिवार पुरैनीमा ३७ जनाले रक्तदान […]