दाङमा खोटो सङ्कलनबाट बढ्दो आम्दानी

सदरलाइन संवाददाता २३ माघ २०८०, मंगलवार १५:२१
 

दाङ : दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो ।

आर्थिक वर्ष २०७९/८० मा जिल्लाका नौ वटा समुदायिक वनबाट एक लाख सात हजार ९०७ केजी खोटो सङ्कलन भएर बिक्री हुँदा १२ लाख ९४ हजार ७८४ रुपियाँ आम्दानी भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अघिल्लो आव २०७८/७९ मा ७८ हजार २५६ केजी सल्लाको खोटो सङ्कलन भएको थियो । उक्त वर्ष खोटो बिक्रीबाट नौ लाख ३९ हजार २७ रुपैयाँ मात्रै आम्दानी भएको थियो । आवको तुलनामा पछिल्लो समय सल्लाको खोटो सङ्कलन गर्ने कार्य बढेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

कार्यालय प्रमुख श्रेष्ठले भने, “वनमा सल्लाका रुख बढेसँगै खोटो सङ्कलन गर्ने क्रम बढेको छ । खोटो बिक्री गरेर वन समूहले राम्रो आम्दानी गरिरहेको छ ।”


सल्लाको खोटो बिक्री गरेर आम्दानी भएको ७५ प्रतिशत रकम सम्बन्धित वन समूहको कोष र २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

जिल्लामा बङ्गलाचुली गाउँपालिकाबाट खोटो सङ्कलन हुने गरेको छ । सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाका रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्ने र उक्त पैसा सामाजिक कार्यमा लगाउने गरेका छन् ।

वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै खानेपानी धारा निर्माण, बाटो निर्माण, विद्यालय, सामुदायिक वन निर्माणलगायतका कार्यमा लगाउने गरेको बङ्गलाचुली गाउँपालिका–८ मा रहेको ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए । सल्लाको रुखबाट वैशाख/जेठ महिनादेखि मङ्सिर/पुस महिनासम्म खोटो सङ्कलन गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा जारी मेयर कप फुटबलको फाइनल बुधबार

२३ माघ २०८०, मंगलवार १५:२१
नेपालगञ्ज : नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगञ्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । फाइनल खेलको तयारी पूरा भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ । ३३ विद्यालयका ६ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ […]