दाइजो तथा घरेलु हिंसाविरुद्ध सडक नाटक

सदरलाइन संवाददाता १९ फाल्गुन २०८०, शनिबार १४:२५
 

नेपालगञ्ज : बाँकेका ग्रामिण क्षेत्रमा दाइजो तथा घरेलु हिंसाविरुद्ध सचेतनामूलक सडक नाटक देखाइएको छ । इन्सेकद्वारा गठित मानव अधिकार समूहले नेपाल राष्ट्रिय मावि गोदहनामा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक पारसनाथ बर्मालेसडक नाटकले विद्यालयमा बालबालिकाहरुको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेता फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


स्थानीय मानव अधिकार समूहका संयोजक कौशिकी यादवले समुदायमा दाइजोको कारण घरेलुहिंसा बढी हुने भएकाले समुदायमा भएको दाइजो प्रथा र घरेलुहिंसा विरुद्ध सचेतना सडक नाटकमार्फत सवै समुदाय, वर्ग सचेत हुनुपर्नेमा जोड दिए ।

इन्सेकले विगत २ वर्षदेखि मानव अधिकार गठन गरि उक्त विद्यालयमा विभिन्न सचेतनात्मक तथा बालबालिकाहरुको क्षमता अभिबृद्धि गर्ने कार्यक्रम गर्दै आएको इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारुले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवारदेखि तेस्रो युवा सम्मेलन हुने

१९ फाल्गुन २०८०, शनिबार १४:२५
नेपालगञ्ज : नेपाल युवा परिषद लुम्बिनी प्रदेशको तेस्रो युवा सम्मेलनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्नुहुने भएको छ । कार्यक्रम बारेमा शनिवार नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले सो कुराको जानकारी गराएको हो । नेपाल युवा परिषद लुम्बिनी प्रदेशको तेस्रो युवा सम्मेलनलाई आइतवार एक कार्यक्रमबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर […]

ताजा अपडेट