कोरोनाबाट भेरी अस्पतालमा महिलाको मृत्यु

सदरलाइन संवाददाता २५ माघ २०७८, मंगलवार १४:२३
 

नेपालगञ्ज : भेरी अस्पतालमा कैलालीकी एक महिलाको कोभिडबाट मृत्यु भएको छ ।

टिकापुर नगरपालिका वडा नम्बर ८ की ६८ बर्षीया महिलाको मंगलवार दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


माघ २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएकी उनी २४ गते नै कोभिड वार्डमा भर्ना भएकी थिइन् ।

अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेका ३४९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

२५ माघ २०७८, मंगलवार १४:२३
नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मगंलवार हेटौँडामा पत्रकार सम्मेलन गरेर उनले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको बताए । नयाँ पार्टी […]