शुटिङ्गमा गण्डकी २, प्रदेश ५ र पुलिसलाई एकएक स्वर्ण

९ बैशाख २०७६, सोमबार १८:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्ज रंगशालामा जारी शुटिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले दुई, प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् । गण्डकी प्रदेशले एयर पेस्तोल महिला व्यक्तिगत तर्फ र एयर पेस्तल व्यक्तिगत पुरुष तर्फ स्वर्ण पदक जित्यो ।
प्रदेश ५ ले एयर पिस्तोल समूह र नेपाल प्रहरीले एयर राइफल समूहतर्फ स्वर्ण पदक हात पारे । सुटिङ्ग तर्फ एयर राइफल व्यक्तिगत महिला/पुरुषबाहेक अन्य खेल सकिएको छ । एयर राइफल व्यक्तिगत महिला/पुरुष तर्फको फाइनल खेल मंगलवार विहान १० बजे हुने भएको छ । फाइनलका लागि महिला/पुरुषका ८/८ खेलाडी क्वालिफाइड भएका छन् ।
प्रतियोगिताको एयर पेस्तोल समूहतर्फ प्रदेश ५ ले स्वर्ण पदक हात पारेको छ । एयर पेस्तोल समूह तर्फ प्रदेश ५ का कृष्णा थापा र बदरुद्दिन अन्सारीको समूहले ७२१ अंक हासिल गर्दै स्वर्ण पदक हात पारे । एयर पेस्तोल समूहतर्फ गण्डकी प्रदेशले रजत हात पार्यो । गण्डकी प्रदेशका केवि पुन र श्रेया केसीको समूह ७१९ अंक सहित दोस्रो र ७०४ अंकसहित नेपाल प्रहरी तेस्रो भयो ।
एयर पेस्तोल महिला व्यक्तिगत तर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशकी श्रेया केसीले ५५१ अंक प्राप्त गर्दै प्रथम भइन् । प्रतियोगितामा दोस्रो स्थानमा प्रदेश ५ की कृष्णा थापा भइन् । उनले ५३६ अंक प्राप्त गर्दै रजत पदक हात पारिन् भने ५३० अंक सहित तेस्रो हुँदै नेपाली प्रहरीकी सीमा तुलाधरले काँस्य पदक हात पारिन् ।
एयर पेस्तोल पुरुष व्यक्तिगत तर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशका विजय कार्की ५५६ अंक सहित प्रथम भए । खेलमा नेपाल प्रहरीका सुकदेव चौधरी ५४६ अंक सहित दोस्रो हुँदै रजत र नेपाली सेनाका कुँवेर केसी ५४६ अंक सहित तेस्रो हुँदै काँस्य पदक हात पारे । प्रहरीका चौधरी र सेनाका केसीको समान अंक भएपछि सबैभन्दा बढी फुल अंक प्राप्त गर्ने चौधरीलाई दोस्रो घोषणा गरियो ।
एयर राइफल पुरुष समूह तर्फ नेपाल प्रहरीको (ए) टोलीले स्वर्ण पदक हात पारेको छ । प्रहरीको फुलमाया क्याप्छाकी र हरिबहादुर थापाको टोली ७४५ अंक प्राप्त गर्दै प्रथम भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो स्थान नेपाली सेनाले हात पार्यो । नेपाली सेनाको बि टिमका मिरा बन्जारा र सुसे चौधरीले ७४१ अंक प्राप्त गर्दै रजत र आर्मीको ए टिमका कल्पना परियार र सुजन रानामगरले ७३६ अंक हासिल गर्दै काँस्य पदक जिते ।
थापाका अनुसार, एयर राइफल पुरुष तर्फ फाइनल खेलका लागि नेपाली सेनाका सुसे चौधरी, गण्डकी प्रदेशका धन बहादुर विक, नेपाल प्रहरीका हरिबहादुर थापा, गण्डकी प्रदेशका मिलन गुरुङ्ग, नेपाली सेनाका सुजन राना मगर, प्रदेश ५ का अर्नभ घिमिरे र रामु क्षेत्री, प्रदेश ३ का दिपक थापा क्वालिफाइड भएका छन् ।
एयर राईफल महिला व्यक्तिगत तर्फको फाइनल खेलका लागि प्रहरीकी सुस्मिता नेपाल, नेपाली प्रहरीकी अस्मिता राई र फुलमाया क्याप्छाकी, नेपाली सेनाका कल्पना परियार र सीमा वन्जारा, प्रदेश २ की निशा लामा, प्रदेश ५ का सपना नेपाली र बसन्ती केसी क्यालिफाइड भएका छन् ।

Next Post

प्रविधिमा नागरिकहरु दक्ष हुनुपर्नेमा जोड

९ बैशाख २०७६, सोमबार १८:५४
सदरलाइनडटकम, नेपालगञ्ज : नागरिकहरु पनि सूचना, सञ्चार तथा प्रविधिहरुमा दक्ष राख्नुपर्नेमा जोड दिएका छन् । त्यसै गरि पैरवीको सवाललाई उठान गर्न प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको १ दिने सूचना, सञ्चार प्रविधिबारे कार्यशाला यहाँ सम्पन्नभएको छ । कार्यक्रममा सूचना, सञ्चार र प्रविधिको परिचय, तथ्याकंको […]

सम्बन्धित