ब्राउनसुगर र नगदसहित भारतीय नागरिक प्रहरी नियन्त्रणमा

१ आश्विन २०७५, सोमबार २०:१४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँके प्रहरीले नेपालगञ्ज–४ मा रहेको होटल न्यू रेडिशन एण्ड रेष्टुरेन्टको कटेजबाट लागूऔषध ब्राउनसुगर र नगद सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
प्रदेश नं. ५ प्रहरी अनुसंधान व्यूरो र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले भारत बहराईच जिल्ला रुपैडिहाका २० वर्षिय अमन कुरैशीलाई १४ दशमलभ ६५ ग्राम ब्राउनसुगर र १ लाख २५ हजार १ सय नगदसहित नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक नारायण डाँगी र प्रदेश नं. ५ प्रहरी अनुसंधान व्यूरोका प्रहरी निरिक्षक देबीप्रसाद पौडेलको संयुक्त टोलीले कुरैशीलाई सो ब्राउन सुगर र नगदसहित नियन्त्रणमा लिएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका कुरैशीलाई वडा प्रहरी कार्यालय नेपालगञ्जमा राखी थप अनुसंधान सुरु गरेको प्रहरी निरिक्षक डाँगीले जानकारी दिए । उनले भने–‘सुराकीको आधारमा प्रहरीको टोली परिचालित हुँदै जाँदा कुरैशी न्यू होटल रेडिसन एण्ड रेष्टुरेन्टको कटेजमा १४.६५ ग्राम ब्राउन सुगर र नगद १ लाख २५ हजार १ सय रुपैयासहित प्रहरी नियन्त्रणमा परेका हुन ।’
ठूलो परिमाणमा लागू औषध लिएर आएका कुरैशीलाई आवश्यक अनुसंधानको लागि बरामद भएको लागू औषध, नगदसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको प्रहरी निरिक्षक डाँगीले जानकारी दिए ।

Next Post

माग पुरा भए राजपा सरकारमा सहभागी हुने महतोको भनाई

१ आश्विन २०७५, सोमबार २०:१४
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले साधु सन्त बन्नका लागि पार्टी गठन नभएको बताएका छन् । नेपालगञ्जमा मंगलवार आयोजित पत्रकार भेटघाटमा उनले सरकारमा सहभागी हुँदैन भन्ने कसम नखाएको बताए । महतोले आफुहरुका माग पुरा भएको भोली पल्टनै सरकारमा सहभागी हुने बताए । संविधान संशोधन लगायतका आफुहरुका […]