‘बामगठबन्धन बाहिरबाट समेत सरकारमा प्रतिनिधित्व गराउने कारणले मन्त्रिपरिषद विस्तारमा ढिलाई’

१३ फाल्गुन २०७४, आईतवार १९:२५
 

सदरलाइनडटकम
१३ फागुन नेपालगन्ज : नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बामगठबन्धन भन्दा बाहिरबाट समेत सरकारमा प्रतिनिधि गराउने कारणले गर्दा मन्त्रिपरिषको बिस्तारमा ढिलाई भएको बताएका छन् ।
प्रेस चैतारी बाँके र प्रेस सेन्टर बाँकेले नेपालगन्जमा आईतबार साँझ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै एमाले बरिष्ठ नेता नेपालले सो कुरा बताएका हुन । उनले भने–‘सरकार विस्तारको लागि केही ढिलाई हुनुको कारण बामगठबन्धन भन्दा बाहिरबाट पनि सहभागि गराउने उद्देश्यका कारण हो । अव त्यो चाँडै नै पुरा हुने छ ।’
सरकारमा संघिय समाजबादी फोरम र राजपालाई पनि सहभागि गराउने उद्देश्यले सरकारको विस्तारमा ढिलाई भएको बताए । उनले सोमबार विस्तार हुने मंन्त्रिपरिषदले पनि पूर्णरुप लिन नसक्ने संकेत गरे ।
उनले सरकार सञ्चालनको लागि १७ वटा मन्त्रालय मात्र बनाउने कुरा तय भएको तर, यो र त्यो मन्त्रालय भन्दै भागबन्डा नगरेको समेत दावी गर्दै भने–‘ अहिले एमाले र माओवादी केन्द्रलाई यो र त्यो मन्त्रालय भनेर भाग बन्डा गरेका छैनौ फेरी बाम गठबन्धन भन्दा बाहिरबाट समेत सरकारमा सहभागि गराउने कुराले अलमल्याएको छ ।’
उनले दुबै पार्टीका उच्च नेताहरु सरकारको विस्तारमा लागेकोले राष्ट्रपति, उप–राष्ट्रपति, सभामुख, उप–सभामुख जस्ता कुरामा कुनै पनि छलफल नगरेको दाबी गरे । उनले भने–‘हामीहरु बीचमा कुनै सहमति नै भएको छैन त्यतिकै सञ्चारमाध्यामा यो र त्यो भनेर समाचार आयो म पनि आफै छक्क परेको छु ।’ उनले एमाले तथा माओवादी केन्द्रका विषयमा पछिल्लो समयमा सञ्चारमाध्यामा आएका सबै कुराहरु सत्य नभएको समेत दाबी गरे ।
उनले कम्यूनिष्ठ पार्टीले पूर्णतया डेमोक्रेटिक मूल्य र मान्यतालाई अंगिकरण गरेर अघि बढ्ने बताउदै भने–‘ कम्युनिठलाई ननडेमोक्रेटिक भन्नेहरुले आफ्नो नाम मात्र डेमोक्रेटिक राखेका छन् काम भने पूर्णरुपले ननडेमोक्रेटिकको गर्छन । हामीहरु बैज्ञानिक डेमेक्रसिलाई मन्छौ र अंगिकार गर्छौ ।’
उनले एकीकृत पार्टीको आकारको बारेमा कुनै छलफल नभएको तर आफ्नो व्यक्तिगत विचारमा सानो चुस्त र दुरुस्त निर्माण गर्नु पर्ने भए पनि धेरैलाई व्यवस्थापन र मुल्याङ्कन गर्दा केही आकारमा ठूलो हुन पनि सक्ने बताए ।


 

Next Post

नेपालगन्ज औद्योगिक क्षेत्रलाई औद्योगिक पार्कको रुपमा विकशित गरिदै

१३ फाल्गुन २०७४, आईतवार १९:२५
सदरलाइनडटकम १३ फागुन, नेपालगन्ज : नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले नेपालगन्ज औद्योगिक क्षेत्रलाई औद्योगिक पार्कको रुपमा विकशित गर्ने तयारी भएको बताएका छन् । नेपालगन्ज औद्योगिक क्षेत्रको ४५ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘नेपालगन्जको ऐतिहासिक औद्योगिक […]