बढैयातालका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो दालियो

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १७:२६
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिले बुधबार मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकमा कार्यालय आउने क्रममा सो पालिकाको भोलागौढी नजिक केही युवाले मोसो दलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।


उनका अनुसार कर्णाली प्रदेश ६ नम्बर प्रदेश समितिले ढकाल माथि भ्रष्टाचार, अनियमिता, आफु अनुकुल अडिटर विद्यालय पठाउने र कमिशन लिने गरेको तथा प्रधानाध्यापकहरुबाट दबाबपुर्ण ढंगले भत्ता उठाउने लगायत गलत कार्य गरेको भन्दै दुर्व्यवहार गरेको जनाइएको छ ।

शिक्षा शाखा प्रमुख ढकालले नियमित रुपमा क्रान्तिकारीले चन्दा माग लगायत अनावश्यक दुःख दिने गर्दै आएको बताए । दुर्व्यवहार गर्नेहरुलाई प्रहरीले खोजी कार्य तीब्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नति गरिने’

१६ फाल्गुन २०८०, बुधबार १७:२६
नेपालगञ्ज : प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि आफ्नो तर्फबाट पहलको प्रतिबद्धता जनाएका छन् । कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा बुधवारदेखि कोहलपुरमा शुरु भएको छैठौं अन्तर मावि स्तरीय उपमेयर यु–१९ छात्रा क्रिकेट प्रतियोगिताको […]