नेकपा एस बाँकेले संगठन विस्तार अभियान चलाउने

सदरलाइन संवाददाता १५ फाल्गुन २०८०, मंगलवार १८:२७
 

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) बाँकेले दुई महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । जेठमा हुने आफ्नो १०औं महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको हो ।

नेकपा एकीकृत समाजवादी बाँकेको पूर्ण बैठकले बाँकेका सबै स्थानीय तह र ८१ वडामा मुख्य अभियन्ता तोकी फागुन २२ देखि ३० गतेभित्र पालिका कमिटी, वडा कमिटी, जनवर्गीय संगठन गठन, पुनर्गठन, अद्यावधिक गर्ने, सदस्यता वितरण गर्ने लगायतका निर्णय गरेको छ ।


पूर्ण वैठकलाई लुम्बिनी प्रदेश इन्चार्ज तथा पार्टी केन्द्रीय सचिव हरि पराजुली, प्रदेश अध्यक्ष तथा पोलिटव्युरो सदस्य सोम प्रसाद पाण्डे, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव अशोक कोइराला, केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ लगायतले सम्वोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा हरित परियोजना कार्यान्वयनमा

१५ फाल्गुन २०८०, मंगलवार १८:२७
नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा हरित अर्थतन्त्र परियोजना कार्यान्वयन गरिरहेको छ । क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकीले यस परियोजनाको अन्तिम लक्ष्य १८–२४ वर्ष उमेर समूहका युवा महिलाहरूको लागि सशक्तिकरण र रोजगारी सिर्जना गर्नु भएको बताए । उनले यो परियोजनाले वातावरण […]