सल्यान त्रिवेणीका किसानलाई बाख्रा वितरण

सदरलाइन संवाददाता १६ फाल्गुन २०७९, मंगलवार १५:३१
 

सल्यान : किसानको आयआर्जन बढाउने उद्देश्यले सल्यानको त्रिवेणी गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।

बाख्राको साना व्यावसायिक पकेट विकास कार्यक्रमअन्तर्गत त्रिवेणी गाउँपालिका–४ फलाबाङका प्रगति कृषि तथा पशुपन्छी समूहका किसानलाई सोमबार बाख्रा वितरण गरिएको हो ।

समूहलाई ३५ वटा बाख्रा र १ उन्नत जातको बोका प्रदान गरिएको त्रिवेणी गाउँपालिका पशुसेवा शाखाले जनाएको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले बाख्रा, बोका र खोर सुधारमा ३ लाख ६२ हजार ५ रुपैयाँ खर्च गरेको पशुसेवा शाखा प्रमुख वसन्त रावतले बताए ।


अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरूका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।

बाख्रा हस्तान्तरण गर्दै रावतले भने, ‘अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

वडा नम्बर ४ बाख्रापालनका लागि उपयुक्त वातावरण भएको बताउँदै वडाध्यक्ष छविराज शर्माले बाख्रापालन व्यवसाय अघि बढाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वरोजगार बन्दै सल्यान कारागारका कैदीबन्दी

१६ फाल्गुन २०७९, मंगलवार १५:३१
सल्यान : सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका छन् । कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन्। कारागारमा बस्दा यतिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए । […]