बाँकेमा धमाधम खोप लगाउँदै बालवालिका

सदरलाइन संवाददाता १५ फाल्गुन २०८०, मंगलवार १५:२६
 

नेपालगञ्ज : बाँकेमा दादुरा–रुबेला खोप अभियानका क्रममा यहाँका बालवालिकाले धमाधम खोप लगाइरहेका छन । सो खोप दोस्रो दिनसम्म ७६ हजार बढी बालबालिकाहरुले खोप लगाएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

दुई दिनमा ७६ हजार ७४३ बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले जानकारी दिए । खोप अभियानको दोस्रो दिन आज ९ महिनादेखि १५ वर्ष उमेर समूहका ४२ हजार ५०५ जना तथा पहिलो दिन ३४ हजार २३८ बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको बताइएको छ ।

कोहलपुरमा दुई दिनमा २० हजार ९९४ जना बालबालिकाले खोप लगाएका छन् । कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना मध्ये १३ हजार ३१७ जनालाई खोप लगाइएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।


राप्तीसोनारी गाउँपालिकामा ८ हजार ३०५ जनाले खोप लगाएका छन् । त्यहाँ १८ हजार ६६१ जनालाई खोप लगाउने लक्ष्य छ । यसैगरी बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा दोस्रो दिनसम्म ७ हजार ७८१ जनाले खोप लगाएका छन् ।

जानकी गाउँपालिकामा १८ हजार १४९ मध्ये ४ हजार ४ जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जनामध्ये ६ हजार ७७१ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जनामध्ये ३ हजार ६१६ जना बालबालिकाले खोप लगाएका छन् ।

बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । यो अभियान ३० गतेसम्म जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा डिभाइडर हटाएपछि आवतजावत खुल्यो

१५ फाल्गुन २०८०, मंगलवार १५:२६
नेपालगञ्ज : बागेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले अवरुद्ध गरेको नेपालगञ्ज कोहलपुर सडकखण्डमा आवतजावत खुलेको छ । बागेश्वरी बहुमुखी क्याम्पसको अगाडी राखिएका डिभाइडरका कारणले विद्यार्थीलाई सडक पार गर्न समस्या भएको भन्दै विद्यार्थीहरुले नेपालगञ्ज–कोहलपुर सडकखण्डमा आवतजावतमा बन्द गरेका थिए । अहिले डिभाइडर खोलेपछि आन्दोलनले सार्थकता पाएको छ । स्ववियू सभापति देवेन्द्र बुढाले विद्यार्थीलाई […]