नेपालगञ्ज : बागेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले अवरुद्ध गरेको नेपालगञ्ज कोहलपुर सडकखण्डमा आवतजावत खुलेको छ ।
बागेश्वरी बहुमुखी क्याम्पसको अगाडी राखिएका डिभाइडरका कारणले विद्यार्थीलाई सडक पार गर्न समस्या भएको भन्दै विद्यार्थीहरुले नेपालगञ्ज–कोहलपुर सडकखण्डमा आवतजावतमा बन्द गरेका थिए । अहिले डिभाइडर खोलेपछि आन्दोलनले सार्थकता पाएको छ ।
स्ववियू सभापति देवेन्द्र बुढाले विद्यार्थीलाई असहज बनाउने किसिमले डिभाइडर राखेपछि आन्दोलन नै गर्नुपरेका बताए ।
उहाँहरुलाई मौखिक भनेका पनि थियौं तर उहाँहरुले मान्नु भएन त्यसैले सडक बन्द गरी अहिले डिभाइडर हटाएपछि आन्दोलन स्थगित गरेको बुढाले जानकारी दिए ।
केही दिनअघि मात्र कोहलपुर नगरपालिकाले एक स्थानबाट अर्को स्थानमा सार्दै विभिन्न स्थानमा डिभाइडर राखेको थियो ।