सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न माग गर्दै नेपालगञ्जमा दबाब र्याली निकालिएको छ । बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजनको माग गर्दै शनिवार शान्तिपूर्ण दबाब र्याली निकालिएको हो ।
बाँके होटेल तथा रेस्टुरेन्ट ब्यवसायी संघको आयोजनामा बसपार्कबाट निकालिएको र्याली पुष्पलाल चोक, धम्बोझी चोक हुँदै बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै वक्ताहरुले बाँके–बर्दियाका लागि कर्णालीनै उपयुक्त रहेको जोड दिएका थिए ।
बुटवल तथा दाङ राजधानी बाँके–बर्दियालाई मान्य नहुने भन्दै वक्ताहरुले बाँके–बर्दियाले आन्दोलन गरेरै भएपनि कर्णाली प्रदेशमा समायोजन हुनुको विकल्प नरहेको बताएका थिए ।
