साठी जना कुष्ठरोगका नयाँ बिरामी फेला

सदरलाइन संवाददाता १५ फाल्गुन २०८०, मंगलवार १५:०६
 

नेपालगञ्ज : आइएनएफद्वारा सञ्चालित बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालमा ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । अस्पतालले मंगलवार सञ्चारकर्मीसंगको अन्तरक्रियामा अस्पताल प्रमुख मंगल थारुले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा ६० जना कुष्ठरोगका बिरामी फेला परेको बताए ।

उनका अनुसार अस्पतालले ८ हजार ६०२ जना बिरामी चेकजाँच गर्दा कुष्ठरोगीका ती बिरामी फेला परेका थिए । गत वर्षको सोही अवधीमा ५१ जना बिरामी फेला परेका थिए । गत वर्ष साउन देखि असार महिनासम्म भने १२६ जना बिरामी फेला परेका थिए । चालु आर्थिक वर्षमा फेला परेका ६० जनामध्ये बाँकेका मात्रै २९ जना कुष्ठरोगका बिरामी छन् ।


अरु बर्दिया, सुर्खेत, सल्यान र रुकुमका बिरामी हुन् । १५ जना भने भारतीय बिरामी रहेको पनि थारुले बताए । २४ बेड क्षमताको डेडिकेटेड यो अस्पतालमा ६० जना कुष्ठरोगका बिरामी मध्ये ५३ जनालाई  भर्ना गरि उपचार गरिएको छ ।

समाजमा कुष्ठरोग प्रतिको पुरानो धारणामा अझै पूर्णरुपमा परिवर्तन आइसकेको छैन । अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको संक्रामक रोगको रुपमा लिने गरिन्छ ।

त्यसैले सबैभन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सबैले बुझ्नु र सोही अनुसार उपचारको खोजि गर्नु अत्यन्त आवश्यक छ । साइनिङ अस्पतालमा कुष्ठरोगीको निःशुल्क उपचार भईरहेको प्रमुख थारुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा डेन्टल सेवा शुरु गर्ने तयारी

१५ फाल्गुन २०८०, मंगलवार १५:०६
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारीका विभिन्न समस्या सम्वोधनका लागि राजधानी पुगेर सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । पालिका अध्यक्ष पौडेल नेतृत्वको टोलिले राप्तीसोनारीको समग्र विकासलाई केन्द्रमा राखेर सम्बद्ध सरोकारवाला पक्षको ध्यानाकर्षण गराउने काम गरिरहेको छ । पौडेल नेतृत्वको टोलीले हिमाल डेन्टल अस्पतालका सञ्चालकहरुसँग भेटघाट गरेको छ […]

सम्बन्धित