सांस्कृतिक डबलीको मुख्यमन्त्री पोख्रलद्वारा शिलान्यास

१२ फाल्गुन २०७६, सोमबार १६:४४
 

सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा साँस्कृतिक डबली निर्माण हुने भएको छ । उपमहानगरपालिका १८ घोडदौरामा प्रदेश सरकारको लगानीमा निर्माण हुने साँस्कृतिक डवली खुल्ला नाट्य घरको सोमवार मुख्यमन्त्री शंकर पोख्रेलले शिलन्यास गरे । नाट्यघर करीब साढे ११ करोडको लगानीमा निर्माण हुने भएको हो ।
बहुुबर्षीय योजनामार्फत पहिलो चालु बर्षमा साढे १ करोड बजेट विनियोजन भएकोमा ९७ लाखको टेण्डरमार्फत काम शुरु हुदै छ । विबिध संस्कृतीलाई प्रर्दशन गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले साँस्कृतिक डवली निर्माण थालिएको मुख्यमन्त्री शंकर पोख्रेलले जानकारी दिए ।
पाहुना राख्ने र पुराना कला संस्कृतीहरु देखाएर आर्थिक विकासका लागि डबली बनाउन लागेको उनको भनाई छ । साँस्कृतिक डबलीलाई सफल बनाउन प्रदेश सरकारले घोराहीदेखि घोडदौरा जोड्ने सडकलाई दिगो र स्तरबृद्धी गर्न बजेट विनियोजन गरिएको समेत जानकारी दिँदै उनले साँस्कृतिक डबली कला संस्कृतीको जगेर्ना र पर्यटन प्रबद्र्धन गर्ने आधार भएको उल्लेख गरे ।

Next Post

मोटर साइकल दुर्घटना हुँदा एकको मृत्यु

१२ फाल्गुन २०७६, सोमबार १६:४४
सदरलाइनडटकम, दाङ : मोटर साइकल दुर्घटनामा परी दाङमा एकजना को मृत्यु भएको छ । लमही घोराही सडक खण्डअन्तर्गत कुलमोड नजिक रा ३ प ५७११ नं. को मोटर साइकल अअनियन्त्रित भई दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्णबहादुर डाँगीको मृत्यु भएको हो । मृतकलाई नाक, मुखमा गम्भीर चोट लागेको थियो । घाइते […]