भौतिक पूर्वाधार मन्त्री राईलाई नेपालगञ्जको सम्मान

सदरलाइन संवाददाता २८ असार २०७९, मंगलवार १४:२३
 

नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई मंगलबार स्वागत तथा सम्मान गरिएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका नवनियुक्त मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको हो ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुलाई मन्त्री राईलाई स्वागत तथा सम्मान गर्दै बधाई ज्ञापन गरे ।

नगर प्रमुख विष्टले राईको कार्यकालमा नेपालगञ्जले लाभ पाउने बिश्वास ब्यक्त गरे । उनले छोटो समयावधीमा पनि मन्त्री राईले नेपालगञ्ज र बाँके जिल्लाका लागि दीर्घकालिन महत्व राख्ने योजना पर्ने आशा र अपेक्षा राखिएको बताए ।


उपप्रमुख कमरुद्दिन राईले मन्त्री राईको कार्यकालमा नेपालगञ्जले विकासको थप फड्को मार्ने भन्दै यहाँ चक्रपथ निर्माणका लागि ध्यान दिन आग्रह गरे ।

मन्त्री राईले आफ्नो कार्यकाल छोटो भएपनि नेपालगञ्जको मुहार फरिने गरि काम गर्ने बताए । दुईवटा ठुला योजना केही दिनमै सार्वजनिक गर्ने प्रतिवद्धता ब्यक्त गर्दै उनले यसले दीर्घकालिन फाईदा पुग्ने बताए ।

मन्त्रालय मातहत विभिन्न विकास निर्माणका काम भईरहेको भन्दै उनले मन्त्रीको गृह जिल्ला भएकाले उच्च प्राथमिकतामा पर्ने बताए । उनले अन्य मन्त्रालयसँग समेत समन्वय र सहकार्यमा काम अघि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चप्परगौडीस्थित कनोडिया पेट्रोल पम्पमा ठगी

२८ असार २०७९, मंगलवार १४:२३
कोहलपुर (बाँके) : कोहलपुर नगरपालीका वडा नम्वर १२ चप्परगौडी स्थित पुर्व–पश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा दैनिक सयौं लिटर प्रेट्रोलियम पर्दाथमा ठगी हुने गरेको उपभोक्ताले फेला पारेका छन् । कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा मिटर रिडिङ्ग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दाथ ग्राहकलाई दिएर बढी संख्यामा अंक देखाउने गरेको […]