बाँकेमा थपिए तीन जना कोरोना संक्रमित

२५ जेष्ठ २०७७, आईतवार १६:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा खजुराका ३ जना, बर्दियाका १ र रोल्पाका २ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरमा थप २ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । ४ सय ६७ जना डिस्चार्ज भएका छन् भने संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

Next Post

बस्नेत र शाहीलाई ‘झगरीलाल वाग्ले स्मृती’ पत्रकारिता पुरस्कार

२५ जेष्ठ २०७७, आईतवार १६:५६
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेका दुई पत्रकार ‘झगरीलाल वाग्ले स्मृती’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । वाग्लेको प्रथम स्मृती दिवसका अवसरमा सो पुरस्कार बितरण गरिएको हो । प्रेस संगठनका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले आफ्ना दिवंगत बुवाको स्मृतीमा स्थापना गरेको ‘झगरीलाल वाग्ले स्मृती’ विकास पत्रकारिता […]