कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १९ माघ २०७८, बुधबार १२:५१
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–८ बाँकेका ८५ वर्षीय पुरुषको बुधवार विहान मृत्यु भएको हो । पुष २३ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसको भोलीपल्ट भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।


स्वास्थ्यमा सुधार नआउँदा उनको अस्पताल भर्ना भएको २६ दिनपछि मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लक्षित समूहका बालबालिकालाई खोप लगाउन शुरु

१९ माघ २०७८, बुधबार १२:५१
नेपालगञ्ज : बाँकेमा बुधवारदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गएको पुष २९ गतेदेखि बाँकेका विद्यालय बन्द छन् । लक्षित समूहका बालबालिकालाई खोप लगाउन बुधवार र बिहीवार दुई दिन विद्यालय खोलिएको छ । अधिकांश विद्यालयलाई खोप केन्द्र […]