नेपालगञ्जका स्वास्थ्य संस्थामा उपप्रमुखको छड्के

सदरलाइन संवाददाता १९ मंसिर २०७९, सोमबार १८:५४
 

 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले नगरमा संचालनमा रहेका केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेका छन् ।

नगर उपप्रमुख राईको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको स्वकीय सचिब अरविन्द शर्माले जानकारी दिए ।


वडा नम्बर १६ का जयसपुर आयुर्वेद औषधालयका कर्मचारी बिन्देश्वर शाह एक हप्तादेखि कार्यालयमा नभई गयल देखिएको भेटिएको छ । शाह बिना जानकारी गयल देखिएको अनुगमन टोलीले फेला पारेको हो ।

उपप्रमुख राईले स्वास्थ्य सेवालाई प्रभावकारी र बिरामीमैत्री बनाउन निर्देशन दिदै कार्यालय समयमा नभेटिने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विमानस्थलको रन वेमा वन्यजन्तु भेटिएपछि कर्मचारी तनावमा

१९ मंसिर २०७९, सोमबार १८:५४
नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलमा रहेको रन वे नजिक मंगलवार बिहान वन्यजन्तु (निलगाई) भेटिएपछि विमानस्थल कर्मचारी तनावमा परेका छन् । रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ । रनवे नजिक रहेको झाँडीमा अहिले पनि निलगाई लुकेर बसेकाले धपाउने प्रयास भइरहेको विमानस्थल कार्यालयका प्रमुख सुरेशप्रसाद […]