तेस्रो लिङ्गीमैत्री संरचना निर्माणका लागि दबाव

सदरलाइन संवाददाता १४ पुष २०७८, बुधबार १४:५४
 

नेपालगञ्ज : बाँकेमा अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङ्गीमैत्री भवन संरचना निर्माणका लागि दवाव दिन थालिएको छ ।

विवाद, द्वन्द्व र सार्वजनिक सरोकारका सवालमा सहजीकरण गर्दै आएको संवाद समूहले अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङ्गीमैत्री भवन संरचना निर्माणका लागि सरोकारवालासँग संवाद गर्दै दवाव दिन थालेको हो ।

सरकारी भवनहरु निर्माण गर्दा अपाङ्गता मैत्री बनाउनु पर्ने भवन आचार सहिंतामा उल्लेख गरिएपनि अधिकांस भवन संरचनाहरु सो अनरुप नभएको पाइएको छ ।


अपाङ्गतामैत्री भवन निर्माण नहँुदा अनेकन समस्या व्यवहोर्न बाध्य हुनु परिरहेको परिस्थितीकाबीच समूहले नेपालगञ्जमा सम्वद्ध सरोकार अधिकारीसँग अन्तरसंवाद गरेको हो ।

जनप्रतिनिधि, भवन निर्माण सरोकार निकायका अधिकारी, अपाङ्गता, बालबालिका क्षेत्रका प्रमुख÷प्रतिनिधि, अधिकारकर्मी, निर्माण व्यवसायी, संवादकर्ता लगायतको सहभागिता रहेको अन्तर संवाद वैठकमा सहभागी अधिकांसले भवन संहिता कार्यान्वयनमा तदारुकता नदेखाइनुले अपाङ्गमैत्री भवन निर्माणमा समस्या देखिएको बताएका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा, संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनीयर सुदिप झा, नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनीयर सुरज शर्मा, राष्ट्रिय अपाङ महासंघका सचिव भावुकजंग थापालगायतले धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एकजनामा मात्र कोरोना देखियो

१४ पुष २०७८, बुधबार १४:५४
नेपालगञ्ज : बाँकेमा बुधवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका एकवटा प्रयोगशालामा १६ नमुना परीक्षण गर्दा थप १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा १६ नमुना जाँच्दा एक जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि भएका व्यक्ति […]