कालिकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु ११ घाइते

सदरलाइन संवाददाता १३ भाद्र २०७८, आईतवार १६:०६
 


कालिकोट : कर्णाली करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–२ को आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क १ ज ३२ नम्बरको जीप दुर्घटना हुँदा चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

दुर्घटनामा जीपमा सवार अन्य ११ जना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिका–९ का नरपति लुहार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुहार र रास्कोट–७ का कमलराज शाही रहेका छन् ।


यस्तै सान्नी त्रिवेणी गाउँपालिका–६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका–९ की अनिता शाही छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको अवस्था समान्य रहेको छ ।

घाइतेहरूको उद्दारका लागि हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ४ संक्रमित थपिए, १६ डिस्चार्ज

१३ भाद्र २०७८, आईतवार १६:०६
नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा मात्रै संक्रमण पुष्टि भएको हो । कोहलपुर मेडिकल कलेजमा २ र भेरी र बागेश्वरी १–१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तिमध्ये बाँकेका एकजना मात्रै छन् […]