दशैंका लागि मंगलवारदेखि अग्रिम टिकट बुकिङ गरिने

८ आश्विन २०७५, सोमबार १७:०९
 

सदरलाइनडटकम,
काठमाण्डौ : दशैँका लागि मंगलवारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै व्यवसायीहरु अग्रिम टिकट बुकिङ गर्न तयार भएका हुन् ।
सरकारसँग सोमवार भएको सहमतिअनुसार मंगलवार बिहान ९ बजेदेखि अग्रिम टिकट बुकिङ शुरु गर्ने नेपाल राष्ट्रीय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न आफूहरुले माग गरेपनि सरकारले भाडा वृद्धि गरेर आफूहरुलाई केही राहत दिएको महासंघका महासचिव सिटौलाले जानकारी दिए ।
यात्रुको माग दृष्टिगत गर्दै सवारी साधन व्यवस्थापन गरिने सिटौलाको भनाई छ । यसअघि व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजसहित उचित भाडा समायोजन गर्नुपर्ने माग सम्बोधन नभएसम्म दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने बताउँदै आएका थिए ।

Next Post

तुलसीपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना घाईते

८ आश्विन २०७५, सोमबार १७:०९
सदरलाइनडटकम, दाङ : दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । लमही–तुलसीपुर सडकखण्डको मोतिपुरमा सोमवार बेलुकी गोर्खा स्कुलको बस दुर्घटना हुँदा २२ जना घाईते भएका हुन् । ओभरटेक गर्न खोज्दा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घाईतेमध्ये बस चालकको […]