स्कुल पोशाक नेपालगञ्जमै किन्ने वातावरण बनाउन पहल

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १४:२३
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको पहलमा नेपालगञ्जकै गार्मेन्ट उद्योगमा उत्पादन भएका पोशाक किन्ने वातावरण निर्माणका लागि यहाँका निजि विद्यालसंग छलफल गर्ने भएका छन् ।

संघमा व्यवसायीबिच भएको छलफलले उक्त निष्कर्ष निकालेको हो । उक्त भेटघाटमा व्यवसाय बिस्तारमा कठिनाई र बजारिकरणमा देखिएका समस्याहरु बारे व्यापक छलफल गरिएको थियो ।


नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको अध्यक्षता र गार्मेन्टस् उद्योग संघ बाँकेका अध्यक्ष चन्द्र श्रेष्ठ लगायत पदाधिकारी तथा व्यवसायीहरु बिच छलफल गरिएको हो ।

अझ विशेष गरि निजी बिद्यालयको समन्वयमा छात्रा तथा छात्रहरुको स्कुल तथा कलेज ड्रेसहरुमा सिमापारीबाट आउने हुंदा त्यसलाई न्युनिकरणको पहल गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

२५ माघ २०८०, बिहीबार १४:२३
नेपालगञ्ज : कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेत खण्डमा काम सकिनै लाग्दा बाँके खण्डमा भने अझै समस्या सुल्झिएको छैन । प्रसारण लाइन विस्तारको पहिलो खण्ड बाँकेको बैजनाथ गाउँपालिकामा स्थानीयको अवरोध छ । दोस्रो खण्ड अन्तर्गत बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका रुख कटानको प्रक्रिया सुरु हुन नसक्दा तीन […]