मध्यपश्चिम १३ स्वर्णसहित प्रथम मध्यमाञ्चल ५ स्वर्णसहित द्वितिय

१४ पुष २०७४, शुक्रबार १८:५०
 

सदरलाइनडटकम
१४ पुस, नेपालगन्ज : गत विहीबारदेखि बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा जारी दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगितामा मध्यश्चिम प्रथम भएको छ । मध्यपश्चिमले १३ स्वर्ण सहित प्रथम, ५ स्वर्ण सहित मध्यमाञ्चल द्वितिय, पश्चिमाञ्चल र सुदूरपश्चिमले ३/३ स्वर्ण जित्दा पूर्वाञ्चल स्वर्ण रहित हुन पुगेको छ । यो संगै प्रतियोगिता समेत सम्पन्न भएको छ ।
शुक्रवार भएको विभिन्न विधाका ७ खेल हुँदा महिला जेभलिन थ्रो खेलमा सुदूरपश्चिमाञ्चलकी मिना धामीले स्वर्ण पदक हात पारिन् । उनले २८ दशमलव ५५ मिटर दुरी थ्रो गर्न सफल भइन् । सो खेलमा मध्यपश्चिमाञ्चलकी अनिता चौधरी द्वितिय भइन् । भने पश्चिमाञ्चलकी सुमित्रा थापा तृतिय भइन् ।
शुक्रवार नै भएको पुरुषतर्फको ५ हजार मिटर दौडमा मध्यपश्चिमाञ्चलका नरेश बुढा प्रथम भए । उनले उक्त दुरी १६ मिनेट ३९ सेकेन्ड ०२ पल्समा पूरा गरे । उनीसँगै प्रतिष्पर्धा गरेका सुदूरपश्चिमाञ्चलका सुनिल सुनारले १६ मिनेट ४२ सेकेन्डमा दुरी पूरा गरि द्वितिय र सुदुरपश्चिमाञ्चल कै विवेक सुनारले १७ मिनेट १२ सेकेन्ड १४ पल्समा दुरी पूरा गरि तृतिय भए ।
महिलातर्फको ५ हजार मिटर दौडमा मध्यमाञ्चलकी राममाया बुढा प्रथम भइन् भने मध्यपश्चिमाञ्चलकै चन्द्रा घर्ती द्वितिय र सुदुरपश्चिमाञ्चलकी रेखा चन्द तृतिय भइन् । प्रथम भएकी बुढाले २० मिनेट ४४ सेकेन्ड ९ पल्समा दुरी पूरा गर्दा द्वितिय भएकी घर्तीले २१ मिनेट ५९ सेकेन्ड ७ पल्समा दुरी पूरा गर्न सफल भइन् ।
त्यसैगरि पुरुष त्रिपल जम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी द्वितिय र पश्चिमाञ्चलका प्रकाश थापा तृतिय भए । महिला त्रिपल जम्पतर्फ मध्यपश्चिमकी पूजा चौधरी प्रथम, मध्यमाञ्चलकी सन्जिया खातुन द्वितिय र मध्यमाञ्चलकै अनुषा राउत तृतिय भइन् ।
पुरुष ज्याभलिन थ्रोतर्फको खेलमा सुदूरपश्चिमाञ्चलका रमेश पोख्रेल प्रथम, पूर्वाञ्चलका सन्तराम माझी द्वितिय र पश्चिमाञ्चलका आदर्श शाही तृतिय भए । महिला ४ गुणे १ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु प्रथम, पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ द्वितिय र मध्यमाञ्चलकी रञ्जिता गुरौ थारु तृतिय भइन् ।
पुरुष ४ गुणे १ सय रिल डौडमा मध्यमाञ्चलका आषिश खत्री प्रथम, मध्यपश्चिमाञ्चलका राकेश थारु द्वितिय र पश्चिमाञ्चलका पूर्ण बहादुर आले तेस्रो भए । प्रतियोगितामा महिलातर्फ मध्यपश्चिमाञ्चकी जयरानी थारु र मध्यमाञ्चलका भुवन महतो बेष्ट प्लेयर घोषणा भएका छन् । विजेता खेलाडीहरुलाई राखेपका सददस्य विनोद मौनाली, बाँके निर्वाचन क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेस सभा सदस्य बाबुराम गौतम,नेपालगन्ज उपमहानगरपालिकाका उप मेयर उमा थापामगर लगायतले शिल्ड तथा प्रमाण पत्र वितरण गरेका थिए । 


 

Next Post

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनामा जोड

१४ पुष २०७४, शुक्रबार १८:५०
सदरलाइनडटकम १४ पुस नेपालगन्ज : अव्यवस्थित शहरीकरणका कारण शहरी क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा, नेपालगन्ज उप–महानगरपालिका, घोराही र तुल्सीपुर उप–महानगरपलिकाद्वारा शुक्रबार नेपालगन्जमा आयोजित शहरी स्वास्थय प्रवर्धन केन्द्र स्थापना तथा सञ्चालन सम्वन्धी छलफल तथा […]