नेपालगञ्जमा जारी मेयर कप फुटबलको फाइनल बुधबार

सदरलाइन संवाददाता २३ माघ २०८०, मंगलवार १७:३६
 

नेपालगञ्ज : नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगञ्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । फाइनल खेलको तयारी पूरा भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ ।

३३ विद्यालयका ६ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ फाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमीले खेल्नेछन् । छात्रातर्फ मनकामना मावि खजुरा र नेपालगन्ज मोडेल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा प्रतियोगिता भईरहेको छ । प्रतियोगिताको छात्रतर्फको सेमिफाइनलमा सेन्ट जेभियर्सले जय बागेश्वरी पराजित गरेर फाइनलमा पुगेको हो । नेपालगन्ज मोडेलले कृष्ण मावि कोहलपुरलाई हराउँदैं फाइनलमा पुगेको हो ।

धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित गरेको थियो । नेपालगन्ज मोडेलले कृष्ण माविलाई ट्राइबेकरमा ३–० गोलले पराजित गरेको थियो ।


यसैगरी छात्रातर्फ मनकामना मावि खजुराले जनसेवा मावि गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतियोगितामा छात्रतर्फ २८ र छात्रातर्फ पाँच वटा स्कुलले भाग लिएका छन् । ११ दिन सम्म चलेको प्रतियोगितामा बाँकेका आठ स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयको मावि स्तरका टिमले भाग लिएका थिए ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर कैलाली जिल्लासँग मैत्रीपुर्ण फुटबल खेल्ने तयारी भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रिय सदस्य भोजराज शाहीले बताए ।

प्रतियोगिताले बाँके जिल्लाको जुनियर स्तरको टिम तयारी पार्न महत्वपुर्ण सहयोग गरेको उनले बताए । कोभिड पछि बाँकेमा भएको विद्यालय स्तरको प्रतियोगिताले नयाँ उत्साह थपेको शाहीले बताए ।

उनले भने, ‘‘हामी निकै खुसी छौं । कोभिड–१९ पछि विद्या लय स्तरको फुटबल प्रतियोगिता भएको छ । विद्यालयहरुको उत्साह जनक रुपमा सहभागिता रह्यो । यसले हामीले ग्रासरुटबाट उमेर समुहका प्रतिभावान खेलाडी छनोट गर्ने, उनीहरुलाई अवसर दिलाउन सहयोग गर्नेछ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसमा पुस्तान्तरण आवश्यक : नेता कोइराला

२३ माघ २०८०, मंगलवार १७:३६
नेपालगञ्ज : नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व महामन्त्री कोइरालाले लामो समय एउटै व्यक्ति र विचारले पार्टी चल्न नसक्ने भन्दै नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको बताएका हुन् । […]