मामा भान्जा चाउमिन उद्योगलाई कारबाही

सदरलाइन संवाददाता २३ माघ २०८०, मंगलवार १५:१२
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको एक चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको छ । उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको कोहलपुरस्थित मामा भान्जा चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उपभोक्ताले गरेको गुनासोका आधारमा सोमबार उक्त उद्योगमा अनुगमन गर्दा उत्पादन भएका वस्तुमा लेवलिङ्ग नभएको तथा बिल बिजकसमेत नभएको पाइएकाले कारबाही स्वरुप पाँच हजार रुपियाँ जरिवाना गरिएको र १४ हजार ८ सय रुपियाँ बराबरको अखाद्य चाउमिन र सस नष्ट गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।


इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोजकुमार थारुको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टोलीले सो उद्योगमा अनुगमन गरेको उनले बताए ।

साना उद्योगी तथा व्यवसायीहरूलाई न्यूनतम व्यावसायिक शिक्षा दिने तथा उपभोक्ताहरूलाई सचेतीकरण गर्ने कार्यमा स्थानीय तह, उद्योग वाणिज्य सङ्घ तथा नेपाल सरकारका सरोकारवाला निकायहरूले साझेदारी एवं सहकार्य गरी अगाडि बढ्नुपर्ने प्रजिअ पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा खोटो सङ्कलनबाट बढ्दो आम्दानी

२३ माघ २०८०, मंगलवार १५:१२
दाङ : दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७९/८० मा जिल्लाका नौ वटा समुदायिक वनबाट एक लाख सात हजार ९०७ केजी खोटो सङ्कलन भएर […]

सम्बन्धित