केशर बचाउ अभियानमा १५ हजार बढी सहयोग

सदरलाइन संवाददाता २१ माघ २०८०, आईतवार १७:२२
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ स्थित महादेवपुरी सनराइज ईंमी स्कुलले गत मंगलबार सडक दुर्घटनामा गम्भिर घाइते भइ भारतको लखनउमा उपचारार्थ राप्तीसोनारी गाउँपालिका ९ का केशर खडकालाई १५ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ ।

शुक्रबार लुम्बिनी प्रदेशका स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गर्दै विद्यालयले दुर्घटनामा घाइते भएका खडकाको बैक खातामा सो रकम जम्मा गरेको विद्यलायका संस्थापक प्रिन्पिसले जानकारी दिए । हामीले प्रदेश स्थापना दिवसका अवसरमा केशर खड्काको उपचारमा केही सहयोग पुगोस भनेर सक्दो सहयोग गरेका हौ सबैले सक्दो सहयोग गरौ भन्न पनि चाहान्छौ गौतमले भने ।


विभिन्न समयमा समाजिक कार्य गर्दे आएको विद्यालयले प्रदेश स्थापना दिवसमा विद्यालयमा विविध अतिरिक्त क्रियाकलाप गर्नुका साथै विद्यार्थी र विद्यालयको तर्फबाट संयुक्त रुपमा दुर्घटनामा घाईते भएको खडकालाई सहयोग गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट ३ करोड बढीको प्लाइउड निकासी

२१ माघ २०८०, आईतवार १७:२२
नेपालगञ्ज : नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढेको छ । गत आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको २०८०/०८१ को ६ महिनाको अवधिमा नेपालगञ्ज नाकाबाट प्लाइउड भारत निर्यातमा ३२५ प्रतिशतले वृद्धि भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक […]