रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले कुटे हवल्दार

सदरलाइन संवाददाता ४ श्रावण २०७९, बुधबार १५:०९
 

नेपालगञ्ज : रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन् ।

प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन् । घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।


केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए । डिएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए ।

बाँठा रमाना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो । मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका हो ? भनेर सोधेपछि उनीहरू आक्रोसित भएर कुटपिट गरेको खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा फरार ३ अभियुक्त पक्राउ

४ श्रावण २०७९, बुधबार १५:०९
सुर्खेत : विभिन्न मुद्दामा फरार रहेका ३ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ५१ का तप्त बहादुर हमाल, वडा नं. ४ बस्ने वर्ष २४ का मदन हमाल र वडा नं. २ बस्ने वर्ष ४० को हरि बहादुर सुनार रहेका […]