राप्तीसोनारीमा ‘अध्यक्षसँग बा–आमा कार्यक्रम’ जारी

सदरलाइन संवाददाता २२ मंसिर २०८०, शुक्रबार १४:३३
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग बा–आमा कार्यक्रम’अन्तर्गत निरन्तर स्वास्थ्य जाँच भइरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार, चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको अध्यक्षसँग बा–आमा कार्यक्रममा निरन्तर स्वास्थ्य जाँचका कार्यक्रम चलिरहेको छ ।

पालिकाले विभिन्न निकायसँग मिलेर गाउँ–गाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो । पालिकाले नेपाली सेनासँग मिलेर महादेवपुरीमा स्वास्थ्य शिविर गरिसकेको छ । त्यहाँ ६ किसिमको सेवा दिइएको थियो । वडा नं. १, २, ४, ७ र ८ नम्बर वडामा कानको शिविर चलाइएको छ । वडा नं ३ मा दाँतको शिविरको कार्यक्रम पारिएको छ । गाउँपालिकामा ‘उपाध्यक्षसँग गर्भवती सुत्केरी र अपाङ्गता सहकार्य कार्यक्रम’ पनि सञ्चालनमा रहेको छ ।


यसअन्तर्गत केही दिनमै पाठेघरको शिविर चलाउने तयारी भएको छ भने अपाङ्गता व्यक्तिको स्वास्थ्य परीक्षणको कार्यक्रम चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाइने

२२ मंसिर २०८०, शुक्रबार १४:३३
नेपालगञ्ज : कोहलपुर क्रिकेट रङ्गशालालाई महिला क्रिकेट एकेडेमी बनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सुझाव दिएका छन् । दशौ राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रङ्गलाको अवलोकन गर्नुहुँदै मन्त्री लिम्बु र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानिय तहसँगको सहकार्यमा रङ्गशालाको संरक्षण गर्नु पर्नेमा जोड दिएका हुन् […]