साढे १७ लाख भारतीय नोटसहित २ जना पक्राउ

सदरलाइन संवाददाता ७ श्रावण २०७९, शनिबार १३:५३
 

धनगढी : धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले जानकारी दिए । उनका अनुसार पशुपति टोल बस्दै आएका उनीहरू दुवै जनालाई स्रोत नखुलेको उक्त रकम शनिबार बिहान करिब साढे ५ बजेतिर साइकलमा धनगढी चौराहतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो ।

बरामद गरिएको रकमसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगल प्रसाद महिला कलेजमा वृक्षारोपण

७ श्रावण २०७९, शनिबार १३:५३
नेपालगञ्ज : क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जले आफ्नो वृक्षारोपण तथा सरसफाई अभियानअन्तर्गत शनिवार १९६ ओैं हप्तामा नेपालगञ्ज उपमहानगरपालिका वडा न. ८ मा रहेको मंगल माबिको प्राङ्गणमा अवस्थित मंगल प्रसाद महिला कलेजमा वृक्षारोपण गरेको छ । क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जका संयोजक डा. विनोद कर्णको संयोजकत्वमा महिला कलेज ब्यवस्थापन समिति, प्राचार्य रबिन्द्र कर्ण, […]