बर्दियामा एक लाख बढीको अवैध काठ बरामद

सदरलाइन संवाददाता २५ भाद्र २०७८, शुक्रबार १६:४७
 

बर्दिया : बर्दिया प्रहरीले १ लाख ८२ हजार बराबरको वेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ ।

गुलरिया नगरपालिका वडा नं. ८ आशापुर स्थित वेवारिसे अवस्थामा थुपारी राखेका अन्दाजी मुल्य रू १ लाख ८२ हजार ६१ रुपैयाँ बराबरका ४५ दशमलव ५२ क्यूफिट सालको काठ बरामद गरेको हो ।


प्रहरी चौकी सुरजपुर बर्दियाबाट खटिएको प्रहरीको गस्ती टोलिले उक्त काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको काठलाई आबश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वर्गीय गुप्तको जन्मजयन्ती मनाइने

२५ भाद्र २०७८, शुक्रबार १६:४७
नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त (चाचाजी)को भदौं २७ गते जन्मजयन्ती मनाइने भएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानद्धारा गुप्तको ९३ औं जन्मजयन्ती मनाउन लागिएको हो । प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानको शुक्रबार बसेको वैठकले जन्मजयन्तीमा श्रदाञ्जली सभासहितको कार्यक्रम गर्ने निर्णय गरेको हो […]