बाघको छालासहित दाङमा दुईजना पक्राउ

सदरलाइन संवाददाता ६ श्रावण २०७८, बुधबार १६:४३
 

दाङ : दाङमा प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय रामबहादुर दमाईं र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार बिहान करिब साढे ३ बजेतिर दाङ घोराही उपमहानगरपालिका ३ गोग्लीमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।


उनीहरू शंकास्पद अवस्थामा हिँडिरहेको फेला पारेपछि नियमित चेकिङमा खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा सिमेन्टको बोराभित्र टाटेपाटे बाघको छाला फेला परेको थियो । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पुच्छरदेखि टाउकोसम्म ५ फिट २ इन्च लम्बाइ र छातीको भागको चौडाइ १ फिट ४ इन्च भएको नंग्रा र जुँगासहितको छाला फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खजुरागाउपालिकामा ११ सय बढी विद्यार्थी विद्यालय बाहिर

६ श्रावण २०७८, बुधबार १६:४३
नेपालगञ्ज  :  बाँकेको खजुरा गाउपालिकाले विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरकालाई पुन विद्यालयमा ल्याउनको लागि विषेश कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको गाउपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत खगेन्द्र मल्लले खजुरा गाउँपालिका क्षेत्र भित्रमा अझै शुन्यदेखि १० सम्म विद्यालय जाने उमेरका बालबालिका एक हजार १ […]