बर्दियामा आगोले जलेर एक वृद्धको मृत्यु

सदरलाइन संवाददाता १२ माघ २०८०, शुक्रबार १४:४९
 

नेपालगञ्ज : बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय ८० वर्षीय चेतानन्द शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाहीले जानकारी दिए । आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो । तर, गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित भेरी अस्पताल पु¥याइएको थियो ।


बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको एसपी शाहीले बताए । बर्दियामा जाडोयाम लागे यता आगो ताप्ने क्रममा जलेर आठ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट १५ करोडको ममफली आयात

१२ माघ २०८०, शुक्रबार १४:४९
नेपालगञ्ज : स्वदेशमा उत्पादन नभएपछि भारतबाट ठुलो मात्रा बदाम ममफलि आयात भइरहेको छ । बदाम ममफलि आयातमै करोडौ रुपैयाँ बिदेशिएको तथ्य सार्वजनिक भएको हो । पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्ज भन्सारबाट मात्रै चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म रु १४ करोड ७७ लाख ८३ हजारको १३ लाख २० हजार […]