भारतबाट १५ करोडको ममफली आयात

सदरलाइन संवाददाता १२ माघ २०८०, शुक्रबार १४:५४
 

नेपालगञ्ज : स्वदेशमा उत्पादन नभएपछि भारतबाट ठुलो मात्रा बदाम ममफलि आयात भइरहेको छ । बदाम ममफलि आयातमै करोडौ रुपैयाँ बिदेशिएको तथ्य सार्वजनिक भएको हो ।

पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्ज भन्सारबाट मात्रै चालू आर्थिक बर्ष २०८०/८१ को पुस मसान्तसम्म रु १४ करोड ७७ लाख ८३ हजारको १३ लाख २० हजार ९ सय ८३ किलोग्राम बदाम ममफलि आयात भएको छ । गत आर्थिक बर्सको यहि अवधिमा रु ८ करोड ४५ लाख मूल्य बराबरको बदाम ममफलि आयात भएको थियो । बदाम ममफलिमा यतिका पैसा बिदेशिदा चालू आवमा यसैबाट मात्रै सरकारलाई रु १ करोड ३३ लाख भंसार राजश्व प्राप्त भएको थियो । नेपालगन्ज नाका हुँदै आयात भएको बदाम ममफलि नेपालगञ्ज सहित विभिन्न ठाउँमा खपत हुन्छ ।


नेपालमा ममफलिको उत्पादन सामान्य र परम्परागतरुपमा हुँदै आएको छ । व्यवसायिक हिसावले उत्पादन गर्न कुनै प्रोत्साहन छैन । जसका कारण बदाम ममफलि आयातमै करोडौ रुपैयाँ बिदेशिन्छ । बाँकेको राप्ती नदि किनारको बगरमा ममफलि खेति त हुन्छ तर त्यसले बजारको सानो हिस्सा पनि ओगट्दैन । पहाडमा उत्पादन हुने रैथाने ममफलि उत्पादन त लोप हुने अवस्थामा पुगिसकेको छ । सबै तहका सरकारले यसको उत्पादन र बजारिकरणमा ध्यान दिने हो भने बदाम ममफलिका नाममा पैसा बिदेश जान रोकिन्थ्यो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेन

१२ माघ २०८०, शुक्रबार १४:५४
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँमा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेको छैन । डिगाउँस्थित आदर्श प्राथमिक विद्यालयको खेल मैदानमा प्रदेश सरकारको एक पालिका एक रङ्गशाला कार्यक्रम अन्तर्गत मिनी रङ्गशाला निर्माणको काम सुरु भएको पूर्व वडाध्यक्ष तथा न्यू डाँफे युवा स्पोर्टस क्लवका […]

सम्बन्धित