क्यान कर्णाली र प्रदेश ५ को अध्यक्षमा दुर्गा

७ भाद्र २०७६, शनिबार १६:१४
 

सदरलाइनडटकम,
बुटवल  :  नेपाल क्रिकेट संघ (क्यान) को शनिबार लुम्बिनीमा सम्पन्न साधारण सभाले कर्णाली र ५ नं. प्रदेश कमिटी गठन गरेको छ । क्यानको विशेष साधारण सभाले ५ र कर्णाली प्रदेशको संयुक्त कमिटी बाँकेका दुर्गाबहादुर थापामगरको अध्यक्षतामा छनौट गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा नवलपरासीका कृष्णप्रसाद श्रेष्ठ, सचिवमा रुपन्देहीका सञ्जय गुरुङ र कोषाध्यक्षमा पाल्पाका राजेश श्रेष्ठ चयन भएका छन । भने सदस्यहरुमा कैलाश रोका मगर (दाङ) र विनय राजभण्डारी (बर्दिया) तथा महिला सदस्यमा माया ज्ञवाली (कपिल्वस्तु) छनौट भएकी छन ।
इसैगरी क्यान को प्रतिनिधि सदस्यमा श्रीधर केसी (सुर्खेत), कृष्णप्रसाद वस्याल (बर्दिया), विनय ज्ञवाली (रुपन्देही), पदम राज श्रेष्ठ (कपिलवस्तु), सकशोर चन्द्र गौतम (दाङ) र संजयराज सिंह (बाँके) निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष मगरले जानकारी दिए ।
क्यानमा लामो समयदेखि पुरानो संरचना विघटन र नयाँ संरचनामा कमिटी गठन हुन सकि रहेको थिएन । यस कमिटी गठनसंगै मोफसलमा क्रिकेट खेलको विकासको लागि टेवा पुग्ने विश्वास गरिएको छ ।

Next Post

गैरसैनिकलाई सैनिक ड्रेस लगाउन निषेध

७ भाद्र २०७६, शनिबार १६:१४
सदरलाइनडटकम, डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउने खालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ । जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले परिपत्र जारी गरी सबैमा आग्रह गरेको छ । प्रशासनले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू […]

सम्बन्धित