बर्दियामा करणी गरेको आरोपमा २ जना पक्राउ

सदरलाइन संवाददाता ११ माघ २०८०, बिहीबार १५:१८
 

बर्दिया : बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका–३ का एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिले माघ २ गते सोही स्थान बस्ने नाबालिगलाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगेर माघ ७ गतेसम्म पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।


त्यस्तै बाँसगढी नगरपालिका–९ कि एक नाबालिगलाई जबरजस्ती करणी गरी फरार प्रतिवादी सोही स्थान बस्ने अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माघ ११ गते बढैयाताल गाउँपालिका–२ जमुनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खानेपानी आयोजनाले पुर्णता पाएन

११ माघ २०८०, बिहीबार १५:१८
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका १ मा राधापुर खानेपानी आयोजनाको सुरुवात भएको १८ वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन । करिब चार करोड रुपैयाँको लागतमा खानेपानी ट्याङ्की र केही स्थानमा पाइपलाइन विस्तार भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा विद्युत् महसुल मात्रै ६ लाख रुपैयाँ बक्यौता रहेको वडाध्यक्ष मनवीर क्षेत्रीले जानकारी […]