बाँकेमा खानेपानी आयोजनाले पुर्णता पाएन

सदरलाइन संवाददाता ११ माघ २०८०, बिहीबार १५:२७
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका १ मा राधापुर खानेपानी आयोजनाको सुरुवात भएको १८ वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन । करिब चार करोड रुपैयाँको लागतमा खानेपानी ट्याङ्की र केही स्थानमा पाइपलाइन विस्तार भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा विद्युत् महसुल मात्रै ६ लाख रुपैयाँ बक्यौता रहेको वडाध्यक्ष मनवीर क्षेत्रीले जानकारी दिए ।

वडाध्यक्ष क्षेत्रीले भने,‘ विगतमा पानी परीक्षण भई केही धारामा खानेपानी वितरण भए पनि पछि सञ्चालनमा आउन नसक्दा पाइपलाइन कतिपय स्थानमा बिग्रेको अवस्थामा छ । ’

स्थानीय बासिन्दाका अनुसार सुरुवातमा खानेपानी परीक्षण गर्ने क्रममा विद्युत् महसुल एकलाख ५० हजार रुपियाँ पुगेर लाइन काटिएपछि आयोजना सञ्चालनमा कठिनाइ भएको हो । कतिपय स्थानमा बिच्छाइएको पाइपलाइनमा समेत क्षति पुगेको छ । खानेपानी आयोजना सञ्चालमा नआउँदा करिब नौ सय घरधुरी स्वच्छ पिउने पानी उपभोग गर्नबाट वञ्चित छन् ।


यस वर्ष आयोजना सञ्चालनका लागि ६० लाख बजेट लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको छ । जसबाट खानेपानी पाइपलाइन मर्मत तथा विस्तार गरी आयोजना सञ्चालन गर्न सकिने साविक राधापुर गाउँ विकास समितिका पूर्व उपाध्यक्ष मगनसिंह थापाले जानकारी दिए ।

न्याउली डाँडामा आर्सेनिक देखिएका कारण पहिलो चरणमा बहादुरपुर हुँदै न्याउली डाँडासम्म पाइपलाइन विस्तार गरिने भएको छ । राधापुर भारतीय सीमासँग जोडिएको पूर्व सैनिकलाई लक्षित गरी राखिएको बस्ती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाई पालनबाट मनग्य आम्दानी गर्दै कोहलपुरकी शारदा

११ माघ २०८०, बिहीबार १५:२७
नेपालगञ्ज : स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकी कोहलपुर–१२, चप्परगौडीकी शारदा शर्माले गाईपालनबाट वार्षिक छ लाख बढी आम्दानी गरिरहेकी छन् । ३८ वर्षीय शर्माले सञ्चालन गरेको सिर्जनशील गाई फार्म बाँके जिल्लाकै उत्कृष्ट गाई फार्मको रूपमा परिचित हुन सफल भएको छ । उनले १८ वर्षअघि १५ हजार रुपैयाँको लगानीमा शुरु गरेको गाई फार्म अहिले […]

सम्बन्धित